कैलाली, असोज २६

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।

जेलजिवन विताईरहेका थारु नेता चौधरीले बर्दिया– २ बाट प्रतिनिधि सभा सदयका लागि उम्मेदवारी दिएका थिए ।

यसअघि सोही पार्टीबाट कैलाली– ५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको छ ।

०७२ भदौ ७ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । थारु फरार सूचीमा रहेका छन् भने चौधरी डिल्लीबजार कारागारमा छन् ।