निजगढ, असोज २६

स्थानीय तहका एक जनप्रतिनिधिले नाबालिगलाई बलात्कार गरेको आरोपमा स्थानीय प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ मा वडा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले भनेकी छन् ।

यता सो विषयमा प्रारम्भिक अनुसन्धान भइरहेकोले यस विषयमा अहिले नै प्रहरीले केही भन्न चाहेका छैनन् ।

श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।