जनकपुर, असोज २७

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा तर्फ जनता समाजवादी पार्टी नेपालले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ । त्यस्तै लोसपा नेपालले ५१ सिटमा उम्मेदवारी दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले मधेश प्रदेशसहित केही प्रदेशमा सिटको लागि एमालेसँग तालमेल गरेको छ ।

लोसपा नेपालले सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाको आधारमा उम्मेदवारी दिएको छ ।

उम्मेदवारी फिर्ताको समय सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।

१६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएको आयोगले जनाएको छ ।