काठमाण्डौ, असोज २७

पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेलका गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

बिहिबार बसेको गठबन्धनको बैठकले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरिने भएको छ ।

आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सकिने भनिएको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका यस्तो छ :

१. कात्तिक ४ गते – पोखरा, ११ बजे

२. कात्तिक ४ गते – बुटवल, २ बजे

३. कात्तिक ५ गते – विराटनगर, ११ बजे

४. कात्तिक ५ गते – जनकपुर, २ बजे

५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे

६. कात्तिक ६ गते – सुर्खेत, २ बजे

७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे