काँग्रेसका ३ मन्त्री पदमुक्त

जनकपुर, असोज २८

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका मन्त्रीहरुलाई पदमुक्त गरेपछि मधेश प्रदेशमा पनि प्रतिशोध साध्दैँ नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेका छन् ।

तर मुख्यमन्त्री लालबाबु राउतले भने सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट बनेका मन्त्रीहरुलाई पदमुक्त गरेनन् ।

उनीहरुलाई पदमुक्त नगर्दा अहिले दुई दलका मन्त्रीलाई जसपाले किन हटाएनन् भनेर प्रश्न उठेको पनि उठ्न थालेको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले हामीले सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीसँग मित्रवत व्यवहार गरेका प्रतिक्रिया दिएका छन् । उनले काँग्रेसले हामीसँग जस्तो व्यवहार गर्यो सोही अनुसारको व्यवहार हामीले पनि गरेको बताए ।

प्रधानमन्त्री देउवाले सत्तागठबन्धनको सहमतिमा भन्दा पनि एकल निर्णयबाट आफ्ना पार्टीका मन्त्रीहरूलाई हटाएको बताउँदै उनले आफूहरूले पनि कांग्रेसकै मन्त्रीलाई मात्र हटाएको स्पष्ट पारे ।

माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई तत्कालै नहटाउने तर उनीहरू मन्त्रीबाट कहिले हट्ने भन्ने त्यो उनीहरूको दलको व्यवहारमा भर पर्ने प्रवक्ता सुमनले बताए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको सम्बन्धबारे सबै जानकार छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि पूर्व माओवादी नै हुन् । माओवादी छाडेर आफ्नो छुट्टै पार्टी बनाएपनि प्रचण्ड र उपेन्द्र यादवको राजनीतिक यात्रा भने सँगसँगै रहेको छ । जसले गर्दा माओवादी केन्द्रको हकमा उपेन्द्र यादवले कुनै ‘हतारो’मा निर्णय नलिएको हुन सक्ने अड्कलवाजी पनि हुने गरेको छ ।

वाम राजनीतिक विश्लेषक रोशन जनकपुरीले अहिले व्यापक राजनीतिक उथल पुथल हुँदा पनि उपेन्द्र यादवले प्रचण्डसँग सम्बन्ध बिगार्न नचाहनुले पनि दुवैको सम्बन्ध दिर्घकालिनरुपमा सुमधुर रहेको बताए ।

चुनावपछि एमाले–जसपा गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको भन्दै चार दलीय गठबन्धनको सरकार नै बन्ने उनको दाबी छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भने उपेन्द्र यादवको सम्बन्ध सामान्य छ । त्यही भएर अध्यक्ष यादवले एकीकृत समाजवादीप्रति सफ्ट व्यवहार देखाएको जसपाका एक नेताले बताए ।

जसपा नेपालका अध्यक्ष यादव उम्मेदवारी दिएको सप्तरी–२ नम्बर क्षेत्रमा गठबन्धन दलको तर्फबाट कसैले पनि उम्मेदवारी दिएका छैनन् । भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले काँग्रेससँग सहमति गरेर सो क्षेत्रमा जयप्रकाश ठाकुरलाई उठाएको छ ।

यप्रकाश ठाकुरलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । सप्तरी २ (ख) मा जसपाले पनि माओवादी केन्द्रका उम्मेदवारको विरुद्धमा बलियो उम्मेदवार खडा गरेको छैन ।

जसपाले लक्ष्मण यादवलाई उम्मेदवार बनाएको छ भने माधवकुमार नेपालको क्षेत्रमा पनि जसपाले उम्मदवारी दिएको छैन । एमाले–जसपा गठबन्धनबाट एमालेको तर्फबाट अजय गुप्ताको उम्मेदवारी छ ।

No description available.