महोत्तरी, असोज २८

पाँच दलीय गठबन्धनको घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बागी उम्मेदवार रहेकी नेतृ सुरीता साहलाई पार्टीबाट निष्कासन गरेको छ ।

महोत्तरी–२ (ख)मा नेतृ साहले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी कारण उनलाई निस्कासन गरिएको हो ।

यसअघि उनी सो क्षेत्रबाट तात्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रदेश सभा सदस्य थिइन् । प्रदेश सभा सदस्य बन्नु अघि नै उनी संघीय सरकारमा सूचना तथा सञ्चार राज्यमन्त्री समेत भइसकेकी छिन् ।

लोसपा नेपाल अध्यक्ष महन्थ ठाकुरले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण पद तथा जिम्मेवारीबाट हटाइएको उल्लेख गरेका छन् ।