एजेन्सी, असोज ३०
टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग हारेको छ ।
एसिया कप च्याम्पियन श्रीलंका १४ औँ स्थानमा रहेको नामिबियासँग ५५ रनले हार व्यहोर्नु परेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको नामिबयाले ३ विकेटको क्षतिमा ३५ रन र त्यसपछि ६ विकेटको क्षतिमा ९३ रनको अवस्थामा पुगे तापनि जान फ्राइलिंक (२८ बलमा ४४ रन) एवं जेजे स्मिथ (१६ बलमा ३१ रन) ले अन्तिम ३७ बलमा ७० रन बनाउँदै टोलीको स्कोर ७ विकेटको क्षतिमा १६३ रन बनाउन सफल भएको थियो ।
सोको जवाफमा विश्व वरियतामा आठौँ स्थानमा रहेको श्रीलंकाले मात्रै १०८ रन बनाएर अलआउट हुनु परेको थियो ।