-गोविन्द आचार्य

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरु मोर्चाबन्दीका साथ मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेस, माओवादी र समाजवादीसहितको अग्रगामी गठबन्धन एकातिर र एमाले, राप्रपा र जसपासहितको प्रतिगामी गठबन्धनका उम्मेदवारहरु अर्कोतिर आमने सामने चुनावी प्रतिष्पर्धामा छन् । यसैक्रममा एमाले अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर देशलाई प्रतिगमनमा लाने दुस्प्रयास गर्दा त्यसविरुद्ध अग्रमोर्चामा आन्दोलनको नेतृत्व गर्नुभएका माओवादी अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ वाट चुनाव लड्दै हुनुहुन्छ ।

अध्यक्ष प्रचण्ड यसअघि निर्वाचित भएको क्षेत्र चितवन ३ वाटै चुनाव लड्ने धेरैको अनुमानका बीच शुक्रवार साझ बसेको पार्टी पदाधिकारी बैठकले उहाँलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्ड गोरखावाट प्रतिनिधिसभामा उम्मेदवार बनेसँगै उहाँको पक्षमा सिंगो गोरखा एकढिक्का मात्रै भएको छैन, गोरखाली जनता उत्साहितसमेत भएका छन् ।

अध्यक्ष प्रचण्ड हरेक निर्वाचनमा फरक फरक जिल्लाका निर्वाचन क्षेत्रवाट प्रतिनिधित्व गर्दै आउनु भएको छ । दोस्रो जनआन्दोलनको सफलतापछि माओवादी र सरकारबीच भएको बृहद शान्ति सम्झौता बमोजिम ०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा प्रचण्ड जनयुद्धको मुख्य आधार क्षेत्र रोल्पा र राजधानी काठमाडौं १० वाट विजयी हुनुभएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावमा मधेशको चर्चित जिल्ला सिरहा ५ वाट विजयी हुनुभयो ।

विधानसभामार्फत् संविधान निर्माण पछि २०७४ को पहिलो आम निर्वाचनमा प्रचण्ड आफ्नो गृह क्षेत्रसमेत रहेको चितवन ३ वाट विजयी बन्नु भयो ।

यस पटक प्रचण्ड नेपाल एकीकरणको ऐतिहासिक विरासत बोकेको जिल्ला गोरखा, जुन माओवादी जनयुद्धको समेत आधारभूमिकारुपमा रहेको थियोबाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बन्नुभएको छ । अन्य संसदीय नेताले जस्तो प्रचण्डले कुनै एक निर्वाचन क्षेत्रमा मात्र लगातार सीमित रहनु भएन । बरु हरेक पटक फरक फरक निर्वाचन क्षेत्रवाट विजयी भएर आफू राष्ट्रकै अभिभावक र नेता भएको प्रमाणित गर्नु भयो । यसले प्रचण्डको गतिशीलता स्वतः स्पष्ट हुन्छ ।

गोरखा २ वाट यसअघि निर्वाचित पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले अध्यक्ष प्रचण्डको उम्मेदवारीको टुंगो लागेसँगै सामाजिक सञ्चालमार्फत् प्रतिक्रिया दिनुभएको छ– “मैले प्रतिनिधित्व गर्दै आएको गोरखा– २ बाट यसपटक क.पुष्पकमल दाहाल (प्रचण्ड) प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना ।”

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत अध्यक्ष प्रचण्डको उम्मेदवारीको निकै ठूलो सांकेतिक महत्व रहने उल्लेख गरेवाट पनि के स्पष्ट हुन्छ भने यो उम्मेदवारीको ऐतिहासिक र रणनीतिक महत्व छ ।

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार बन्दा उहाँको जित त सुनिश्चित हुन्छ नै, सँगसँगै गोरखा धेरै किसिमले ऐतिहासिक महत्व बोकेको र प्रचण्ड स्वयंलेसमेत पंचायतीकालमा गोरखामा शिक्षकका रुपमा रहेर भूमिगतढंगले कम्युनिष्ट राजनीतिलाई फैलाउन धेरै महत्वपूर्ण भूमिका खेलेकाले अहिले उम्मेदवार बनेर उहाँवाट गोरखाले न्याय पाएको अनुभूति सर्वत्र गरिएको छ ।

नेपाल राज्यको उदगमथलो गोरखा एक ऐतिहासिक भूमि हो । माओवादी जनयुद्ध सुरुआत अघि २०५२ असारमा गोरखामा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको ऐतिहासिक जनयुद्धको पहिलो योजनासहितको विस्तृत प्रतिवेदन सर्वसम्मत्रुपमा पारित गरिएको थियो । गोरखा बैठकको योजना अनुरुप जनयुद्धको तयारी र सुरुआत गरियो । माओवादी नेतृत्वका लागि जनयुद्ध सम्बन्धी पहिलो राजनीतिक तथा फौजी तालिम पनि गोरखामै भयो ।

०५२ फागुन १ गते गोरखा, रोल्पा, रुकुम र सिन्धुलीमा विशेष फौजी कारवाहीसहित तथा देशैभर विभिन्न गतिविधि गरेर जनयुद्धको सुरुआत गरियो । जनयुद्ध सुरुआत पछि फागुन १४ गते गोरखाका ११ वर्षे बालक दिलबहादुर रम्तेलले पहिलो शहादत प्राप्त गरेका थिए । जनयुद्धका क्रममा माओवादीको सबैभन्दा उपल्लो तहवाट बलिदानी पनि गोरखाले गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य कमरेड सुरेश वाग्लले पार्टी कामकै शिलशिलामा गृहजिल्ला गोरखामा शहादत प्राप्त गर्नुभएको थियो । यसरी नेपाल राज्यको निर्माण र नेपालको अग्रगामी राजनीतिक परिवर्तनमा निर्णायक भूमिकामा रहेको गोरखा जिल्लामा जनयुद्धका नायक, गणतन्त्रका जन्मदाता र हाल विद्यमान नेपालको संविधानका निर्माता माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार बन्नुभएको छ । अध्यक्ष प्रचण्डलाई जिताउनु भनेको गणतन्त्रलाई संस्थागत गर्नु हो र संविधानको रक्षा गर्नु हो ।

देशलाइ उन्नती र समृद्धिको मार्गमा लैजान प्रचण्डले जित्नै पर्दछ । माओवादी अध्यक्ष प्रचण्डमा देशलाई गरिवी, कुशासन, भष्टाचार, वेथितिवाट मुक्त गराएर देशको मुहार फेर्ने अदम्य जोश, जागर र हिम्मत छ । प्रचण्डकै नेतृत्वमा देशवाट १८ घण्टासम्मको लोडसेडिङ् अन्त्य भएको थियो ।

माओवादी सरकारले काठमाडौंका सडक विस्तार गरेका कारण अहिले भित्री गल्लीसम्म एम्बुलेन्स छिर्नसक्ने भएका छन् । यसैगरी पूर्व पश्चिम लोकमार्ग र रेलमार्ग माओवादीकै योजना हो । प्रचण्ड सरकारको नेतृत्वमा हुँदा देशको आर्थिक बृद्धिमा हासिल भएको उल्लेख्य सफलता र विकास र सम्बृद्धिको यात्राले देशको भाग्य र भविश्य निर्माण गर्नसक्र्ने सौर्य र तागत प्रचण्डमा मात्र छ भन्ने देखाउछ ।

गोरखा २ मा गत स्थानीय तह निर्वाचनमा माओवादी, नेपाली कांग्रेस, एमाले, समाजवादीसहितका दलहरुले पाएको मत परिणाम हेर्दा माओवादी केन्द्र पहिलो दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत पाएको थियो भने नेपाली कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । जसपाको मत ७ हजार ५०४ रहेको थियो । सो क्षेत्रमा एमालेले ७ हजार ९२६ मत ल्याएको थियो । अहिले माओवादी, नेपाली कांग्रेस, बाबुराम भट्टराई नेतृत्वको नेसपा गठबन्धनमा छन् । गोरखामा गठबन्धनको जम्मा मत ५० हजार ८९० हुन आउछ । एमालेको मत भने ७ हजार ९२६ रहेकाले गठबन्धन ४२ हजार ९६४ मतले अगाडि देखिन्छ । गठबन्धनका तर्फवाट अध्यक्ष प्रचण्डले धेरै ठूलो मतान्तरले जित हासिल गर्ने तथ्यले देखाँउछ ।

No description available.

हामी सबैलाई थाहा छ, संविधानसभामार्फत् नेपाली जनताको भाग्यरेखा कोर्ने कामको नेतृत्व अरु कसैले नभई अध्यक्ष प्रचण्डको अगुवाईमा भएको हो । प्रचण्डकै कारण गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक सहभागितालगायतका अधिकारहरु प्राप्त भएका हुन् । अध्यक्ष प्रचण्डले अघि सारेको नीतिकै कारण महिला राष्ट्रपति, सभामुख जस्ता पदमा पुग्न सम्भव भएको हो । हाल देशमा नयाँ संविधान निर्माणसहित जे जति सकारात्मक उपलब्धी हासिल भएका छन्, त्यसमा माओवादी पार्टी अझ खासगरी उक्त पार्टीका अध्यक्ष प्रचण्डको मुख्य भूमिका छ ।

प्रचण्डको नेतृत्वमा प्राप्त भएका तमाम् महत्वपूर्ण उपलब्धीहरुको रक्षा र कार्यान्वयनका लागि यो देशलाई प्रचण्डको नेतृत्व आवश्यक छ ।No description available.

सुरुदेखि नै गणतन्त्र, संघीयता, समावेशिताका विरुद्ध रहेका केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा दुई दुई पटक संसद विघटन गरी लोकतन्त्रको हत्या गरेर संविधान कुल्चने जुन कुकृत्य गरियो, फेरि त्यो कालो इतिहास दोहो¥याइनु हुँदैन । आसन्न निर्वाचनमा नेपाली जनताको एक भोटले उनीहरुका सन्तती र सिंगो मुलुकको भाग्य र भविश्यको फैसला हुँदैछ ।

त्यसैले आउँदो निर्वाचनमा केपी ओली र ओली गुटको प्रतिगमनलाई निर्वाचनवाटसमेत देशैभरी पराजित गर्नै पर्दछ । देशभर प्रचण्डसहितको गठबन्धनका नेताहरुलाई विजयी बनाएर मात्र प्रतिगमन परास्त हुनसक्छ ।