जनकपुर, असोज ३०

निर्वाचनको एक महिना रहदाँ जनमत पार्टीले धनुषामा पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा यही असोज ४ गते बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको हो ।

धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा गाउँ र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बैरिया बजारमा जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको जनाइएको छ ।

बहुअर्वामा बिहान र बैरिया बजारमा दिउँसो कार्यक्रम गरि पार्टी प्रवेश आयोजना गर्न लागेको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका डा. प्रसन्नकुमार झाले जानकारी दिए ।

सो कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत रहने छन् । साथै कार्यक्रममा धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साह र धनुषा ३ (ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साहसमेत रहनेछ ।

त्यस्तै धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा. झाले धनौजी गाउँपालिकाका विभिन्न गाउँमा मतदाताहरुसंग मत माग्नका लागि घरदैलो अभियानलाई पनि जारी नै राखेको छ ।

उम्मेदवारले डा. झाले विदेह नगरपालिकाको इटहर्वा बजारमा निर्वाचनसंग सम्बन्धित आगामी रणनीतिको विषयमा आफ्ना दलका नेता कार्यकर्ताहरुसंग छलफल समेत गरेका छन् ।

No description available.