वीरगञ्ज, असोज ३१

जिल्ला प्रशासन कार्यालयमा कार्यरत्त रहेका एक सरकारी कर्मचारीलाई घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको हो ।

सोमबार अख्तियारको हेटौडा कार्यालयको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग लिएको ५ हजार रुपैयाँ घुस रकमसहित आरोपित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जनाएका छन् ।

उनले १ हजार ६ सय रुपैयाँ जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।