जनकपुर, कार्तिक २
दलित सिमान्तकृतहरु माथि उपल्लो समुदाय र दलितलाई दलितले नै विभेद गरेका कारण गरिब दलितको उत्थान हुन नसकेको वक्ताहरुले बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले दलित र सिमान्तकृत समुदायका व्यक्तिलाई अन्य जातले र दलितहरु मथि अझ दलितले नै भेदभाव तथा छुवाछुत गर्ने भएको कारण वास्तविक गरिब दलित अझ पिछिडिएको बताएका हुन् ।
नेपाल पिस इनिसेटिभको आयोजनामा आयोजित कार्यक्रममा डा.मानबहादुर विश्वकर्माले भने, ‘गरिबी, बेरोजगारी तथा मानव विकासको सूचांकको हरेक दृष्टिकोणबाट मधेश र कर्णाली प्रदेश पिछ्डिएको छ, यस्तो हुनुको कारण गरिबी नै हो । जबसम्म गरिबी हट्दैन तबसम्म विभेद कायमै रहन्छ ।’
उनले निर्वाचन प्रणालीमा दलितको व्यवस्था भएपनि नेपाल भरि रहेको कुल १३ प्रतिशत दलित मध्ये समावेशी, समानुपातिक प्रतिनिधित्व हुन नसकेको कारण समेत पिछ्डिएको बताए ।
त्यस्तै एनपीआईकी कार्यक्रम संयोजक अंकिता सिंहको अध्यक्षतामा भएको कार्यक्रममा डा. विश्वकर्माले नेपालको औषत आयु ७१ व्र्ष भएपनि दलित समुदायका व्यक्तिहरु ५८ वर्षमै मृत्यू हुने गरेको तथ्यांक सार्वजनिक गरेका थिए ।
