जनकपुर, कार्तिक ६
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा जुटिसकेका छन् ।
निर्वाचनलाई नै मध्यनजर गर्दै नेपाली काँग्रेसले विभिन्न खाले उपसमितिहरुसमेत गठन गरेका छन् ।
कांग्रेसले नेता जीवनाथ चौधरीलाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेस प्रदेश समितिको संयोजकमा चयन गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेदशसभा सदस्यको निर्वाचनको एक महिनाभन्दा पनि कम समय बाँकी रहेको समयमा नेपाली कांग्रेसले चौधरीलाई पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेस प्रदेशको संयोजकमा चयन गरेको हो । नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार केन्द्रिय समितिको बैठकबाट ७ वटै प्रदेशको उपसमितिको संयोजक चयन गरेको छ ।
यसका साथै उपसमितिका सदस्यहरु समेत चयन गरिएका हुन् । चौधरी नेपाली कांग्रेसको भातृ संस्था सांस्कृतिक संघका अध्यक्ष समेत हुन् ।

