जनकपुर, कार्तिक ६
लामो समयदेखि जम्मा गर्दै आएको खुद्रा रकमहरुलाई एकत्रित पारेर महिलाहरुको एक समुहले व्यवासाय थालेका छन् ।
घरमै गृहणीको रुपमा रहेकी केही महिलाहरुको एक समुहले आफैले बचत गरेको रकमबाट लेडिज सामग्रीहरुको व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
आइतबार जनकपुरधाममा एक समारोह वीच श्री कलेक्सन स्थापना गर्दै महिलाहरुका लागि श्री कलेक्सन स्थापना गरि सञ्चालनमा ल्याएका हुन् ।
५० लाख रुपैयाँको लगानीमा जनकपुरधाम स्थित भानु चोकमा श्री कलेक्सन नामक सारी, सुटलगायतका पहिरनहरु विक्रि वितरण गर्नका लागि सञ्चालनमा ल्याएको स्वेता पौदारले जनाइन् ।
श्री कलेक्सनका सञ्चालिका पौदारले गृहणी महिलाहरुले घर परिवारबाट पाउने खुद्रा रकम जम्म गरेर बचत गरिएको रकमबाट उक्त कलेक्सन खोल्न सफल भएको बताइन् ।
सो कलेक्सनको उद्घाटनको नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले गरिन् । उनले महिलाहरु आफ्नै अग्रसरतामा व्यवसाय सञ्चालन गर्नुले महिला सशक्तिकरणको उदाहरण भएको बताइन् ।

सो उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठ, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, कलेक्सनकी रानी रुंगाटालगायतकाहरुको सहभागीता रहेको थियो ।
