अहिले देशभरी चुनावको माहोल हुँदा नेताहरुले सोझा–साझा जनताहरुलाई पैसा, मासु र रक्सीको लोभ देखाएर भोट आफ्नो तर्फ गर्ने प्रयासमा जुटेका छन् । जितेर गैस्के पछि एक चोटि नि हेर्न आउदैन, जनतालाई दुख पर्दा आफू नेता चाहिँ चिल्लो एसि गाडीमा बसेर आफ्नै दुनिया मा मातेको हुन्छ ।
देशमा राजनीतिक उतार चदावका कारण दिनदिनै खस्किदै गइरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ ।
अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ । हामी त्यो देशमा छौँ जहाँ विभिन्न जात जातिका मानिस वसोवास गर्छ र यहाँ विभिन्न राजनीति दल पनि छ र जहाँ बदि दल छ त्यहाँ विभिन्न सोच होला यो त सोभाभिक हो ।गरिव तथा अति विपन्न परिवारको लागी राहत आए ता पनि गरिव समक्ष पुग्न सकेको छैन । यो तीतो सत्य हो तर अर्थात यही छ ।
यहाँका प्रदेश सरकार, स्थानीय सरकार भाषणमा मात्र मिति देखिएको छ । चुनावको बेला मतदाता कति छ भने थाहा हुन्छ तर विपतको बेला राहत बाड्नको बेलामा तथ्यांक खोज्नु कति जायज हो सरकार । यो बस बहाना हो समय कटाउने मलाई लाग्छ । हचुवाको भरमा संकलन गरिएको विवरणका आधारमा राहत सामाग्री वितरण गर्न नसकिने स्पष्ट छ । विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिनु पर्नेमा सबैजसोको नाम समावेश हुनुपर्छ । राहतको नाममा राजनीति हुनु हुँदैन । यसलाई रोक्न सरकारी स्तरबाटै पहल हुनु पर्छ ।
यहाँ कति जनताहरु भोखै फुटफाटमा सुत्छ , कैयौं जनताहरुको औषधी नपाएर ज्यान गुमाउँछ । फुटपाथ सम्म आउने भनेकै वाध्यताले हो । इच्छाले होईन् । विकास चाहिएको हो । तर, व्यवस्थापन सहितको विकासको परिकल्पना गरिएको थियो । तर सोछे जस्तो नेताले काम गर्न सकेन । त्यसैले सबै जन समुदायसंग अनुरोध एस पटक आफ्नो अमुल्य भोट सोछे सम्झेर दिनुहोला । तपाईको भोट बाट तपाई आफ्नो भविस्य हेर्नुस् ।