• जनकपुरधाम, मधेश प्रदेश 
  • [email protected]
Khojvani

ताजा अपडेट

धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

मिथिला माध्यमिकी परिक्रमा शुरू

‘निर्वाचन आचारसंहिता पालनाप्रति दृढ रहौँ’

निर्वाचनले प्रभावित धार्मिक पद यात्रा

धेरै पढिएको

समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

सर्लाहीमा श्रीमान र ससुरासहित तीनजना पक्राउ

मधेश प्रदेश सरकारः कार्यकर्ता पोस्दा मुख्यमन्त्री कार्यालयको बेरुजु बढ्यो

पाँच वर्षे कार्यकालको अन्तिम समयमा यूरोप भ्रमण जाँदै मधेश प्रदेश सरकारको जम्बो टोली

    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर
  • Khojvani
    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर

    गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैनः अध्यक्ष प्रचण्ड

    २०७९ कार्तिक ७, सोमबार १९:३१

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताउनुभएको छ ।
    संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उहाँले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताउनुभयो ।
    वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ । संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राख्नुभयो ।
    उहाँले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसका विरुद्ध हामी सबै उभियौँ । सङ्घर्षका बीचमा गठबन्धन बनेको हो ।
    सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।” शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उहाँको भनाइ थियो ।
    नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताउनुभयो । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उहाँको भनाइ छ । तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामान्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छाँै । यो स्वभाविक र प्राकृतिक छ ।”
    विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उहाँले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताउनुभयो । उहाँले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताउनुभयो ।
    ‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौँ भने नेपाली जनताले पुनःभरोसा प्रदान गर्ने स्पष्ट पार्नुभयो ।
    उहाँले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गर्नुभयो ।
    कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उहाँले आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

    रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

    वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

    कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

    सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

    अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

    ताजा समाचार

    • धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

    • रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

    • वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

    • कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

    • सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

    • अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

    ट्रेंडिंग

    • समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

    • ‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

    • जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

    • नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

    • न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

    सम्पर्क

    स्टेट न्यूज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित
    खोजवाणी डटकम अनलाईन
    नगराईन नगरपालिका, धनुषा
    इमेल : [email protected]
    सम्पर्क नं.: +977-9844073855
    दर्ता प्रमाणपत्र नं. म.प्र. ००१२/०७८-७९

    हाम्रो टीम

    सञ्चालक/सम्पादकः मिना कर्ण

    Quick Links

    About Us
    Privacy Policy
    Terms of Service
    Contact Us
    Advertise

    Social Media

    Copyright © 2026, सर्वाधिकार सुरक्षित | Developed By ProTech