जनकपुर, कार्तिक १७
धनुषाको दक्षिण तर्फको सिमावर्ती क्षेत्रमा रहेको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
अख्तियारको कार्यालय बर्दिबासबाट खटेको टोलीले वरिष्ठ प्रहरी नायव निरिक्षक देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जनाएका छन् ।
उनलाई धनुषाको नगराईन नगरपालिका वडा नम्बर–२ स्थित जटही विनायक ईन्टर प्राईजेज (मदिरा पसल) बाट अख्तियारको टोलीले पक्राउ गरेको छ ।
