जनकपुर, कार्तिक १९

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि उम्मेदवाहरु प्रचारप्रसारमा लागेको भन्दै नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठलाई कारवाहीका लागि प्रक्रिया अघि बढाएको छ ।

धनुषा– ४ मा उम्मेदवारहरुले निर्वाचन आचारसंहीता विपरित मतदातालाई साडी वितरण देखि विभिन्न प्रलोभन दिएको भन्ने उजुरी परेपछि जिल्ला आचारसंहीता अनुगमन समितिको बैठकबाट कारवाही प्रक्रिया अघि बढाएको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

पाँच दलीय गठबन्धनबाट पूर्वमन्त्री रहेका उम्मेदवार महेन्द्र यादव, पूर्वमन्त्री समेत रहेका उम्मेदवार रघुवीर महासेठलगायतलाई कारवाही गर्ने भन्दै जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकबाट निर्णय गरिएको संयोजक मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाएका छन् ।

उम्मेदवारहरुले संस्थाको कार्यक्रम तथा छठ पर्वको नाममा निर्वाचन आचारसंहीता विष्परित मतादातालाई रिझाउनका लागि साडी वितरण गरेको भन्दै मंसिर ४ गतेसम्मका लागि कुनैपनि कार्यक्रम नगर्न तथा त्यस्ता कार्यक्रमहरु स्थगित गर्न सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेश निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।

उम्मेदवार महासेठलाई कारवाही प्रक्रिया अघि बढाउनका लागि निर्वाचन आयोगमा प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरेको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका एमालेका केन्द्रिय सचिव रघुविर महासेठ र प्रदेश सभा सदस्य ४(१) का एमालेका उम्मेदवार सन्तोष यादव तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख कन्हैया मिश्रको उपस्थितमा छठ पर्वको अवसरमा निर्वाचन आचारसंहिता विपरित महिलाहरुलाई साडी बाँडेको विभिन्न सामाजिक संजालहरुबाट सोको तस्वीर समेत प्राप्त भएपछि आवश्यक कारवाहीका लागि एक पत्रिकाको कटिंग र फोटो सहित निर्वाचन आयोगमा लेखी पठाएको समितिका संयोजक समेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।

No description available.No description available.