जनकपुर, कार्तिक १९

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका भण्डारी सो क्षेत्रका जनताहरुको गुनासो सुन्न्ुका साथै आफ्नो पक्षमा मत मागनका लागि चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका हुन् । भण्डारी शनिबार महोत्तरीको बन्चौरी घरदैलोका साथै विभिन्न गाउँमा मत माग्न पुगेका थिए । त्यहाँ उनलाई मतदाताले माला तथा अबिर लगाएर स्वागत समेत गरेका थिए ।

मतदाताको घरदैलोमा पुगेका भण्डारीले गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विशेष गरेर कृषिको आधुनिकीकरण गरी आन्मनिर्भरतालाई प्राथमिकता दिइ काम गरिने उनले बताए । यसका साथै मधेशी जनताले प्राप्त गर्न बाँकी रहेको अधिकारका लागि संघर्षलाई जारी नै राख्ने भण्डारीको भनाई थियो । यसअघि २०७४ सालको निर्वाचनमा समेत भण्डारी यसै क्षेत्रबाट प्रतिनिसभामा निर्वाचित भएका थिए ।