राजविराज, कार्तिक १९
निर्वाचन आयोगल रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको पाइएपछि आयोगले झालाई स्पष्टीकरण सोधेको हो । नेपाल सरकार, प्रदेस सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र त्यसमा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने निर्वाचन आचारसंहितामा व्यवस्था छ ।
आचारसंहितको व्यवस्थाविपरित जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार यादवको प्रचारप्रसारमा संलग्न रहेको पाएपछि आयोगल कार्यकाकारी निर्देशक झासँग स्पष्टीकरण सोधेको हो । ‘तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानुनबमोजि कारबाही हुनु नपर्ने हो,’ आयोगले झालाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
