जनकपुर, कार्तिक २०
जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालका मधेश प्रदेश अध्यक्ष मुकेश ठाकुर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार धनुषाधाम नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले ठाकुरलाई टिकाटालोसहित स्वागत गर्दै भित्र्याएका हुन् ।
सो कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नम्बर ९ का पूर्व वडाअध्यक्ष सञ्जिव यादवको नेतृत्वमा सयौँको संख्यामा माओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेका धनुषा– १ का उम्मेदवार मातृकाप्रसाद यादवले पार्टी भित्र्याएका छन् ।


