जनकपुर, कार्तिक २०
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवारहरुले आ–आफ्ना २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई.शम्भुनाथ साह, प्रदेशसभा ३(क) का उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जनमत पार्टीले पार्टी अध्यक्ष डाक्टर सिके राउतको उपस्थितिमा सोमबार धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभाको आयोजनासमेत गरेको छ ।
आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार शम्भुनाथ साहले जनमतको प्रतिबद्धता–पत्रका २५ बुँदा प्रतिबद्धताहरु रहेको बताए ।
सो प्रतिवद्धता पत्रमा सामुदायिक स्वराज ल्याउने ः जहाँ जनताले कुनै नेता, दल वा कर्मचाराको शासन नभई मेरो शासन हो भन्ने लाग्छ, नेताका प्रतिनिधिले चित्तबुझ्दो काम नगरेमा ‘रिकल’ गर्ने अधिकार प्रयोग गरी जुनसुकै बेला पदबाट हटाउने अधिकार जनतालाई दिने, नेताहरुको मनमानीपनको अन्त्य गरी जनताको वास्तविक सार्वभौमसत्ता स्थापन गरी ‘जनता राज’ को स्थापना गर्ने, स्थानीय तहबाट संघीय सरकारमा प्रत्यक्ष लोकतन्त्रको कार्यान्वयनका लागि स्थानीय तहमा हरेक ठूला निर्णय र विकास आयोजनाको छनोट पनि प्रत्यक्ष लोकतन्त्र (जस्तै मोबाइल मार्फत जनमत लिने) गर्ने, कुनैपनि प्रस्तावमा ५ लाख मतदाताको हस्ताक्षरमा जनमतसंग्रह गराउने व्यवस्था मिलाउने, सन् १९६० डिसेम्बर १४ मा महासभाबाट पारित भएको निर्णय र २०६६ डिसेम्बर १६ मा पारित भएको निर्णय २२०० ब्–ह्ह्क्ष्) क्ष्ऋऋएच्÷क्ष्ऋभ्क्ऋच् अनुसार समुदायको आत्मनिर्णयको अधिकार स्थापना गरी संघीयता, स्वायत्तता र गणतन्त्रणलाई सुदृढ गर्ने, आइएलओ १६९ लाई लागू गरी श्रोत–साधनमा मधेसीहरूको अधिकार स्थापित गर्ने, सबै कुरामा भारी कर राजस्व लगाएर सरकारी लुट रोक्ने, जनलोकपाल जस्ता प्रस्ताव ल्याई भ्रष्टाचारलाई जराबाट उखेल्ने र सुशासन ल्याउने, ‘फिर्ता गर्ने अधिकार’ ‘अस्वीकार गर्ने अधिकार’, ‘सूचनाको अधिकार’ जस्ता प्रावधानहरूलाई प्रभावकारी रूपमा संस्थागत गर्ने, कर राजस्वबाट उठेको पैसामा ‘साना राजा’ बनेर जनतामाथि दमन गर्ने जनप्रतिनिधि र कर्मचारीलाई रोक्ने, सरकारी कर्मचारी, प्रहरी र सेनाबाट हुने दमन रोक्ने, मधेसमा १० लाख रोजगारी सृजना गरी ‘हर घर एक रोजगार’ दिने, विदेशमा रहेका युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने, जातीय भेदभाव, उत्पीड़न, शोषण र छुवाछुतलगायत सबै प्रकारका भेदभाव हटाउने, समानुपातिक विकास र सामाजिक न्यायको लागि समानुपातिक समावेशी र उत्पीडित तथा पिछडिएको वर्ग सेना र प्रहरीमा मधेशीहरुको सामूहिक भर्तीका लागि, निःशुल्क शिक्षा, सर्वव्यापी स्वास्थ्य सेवा, एकीकृत सामाजिक सुरक्षा, योग्य सबैलाई रोजगारी, सबै जनताका लागि खाना लत्ताकपडा, आवास र जग्गासहितको समाजवादी र परोपकारी राज्यको स्थापना गर्ने, नेपालको संविधान संशोधन गरी विभेदकारी सिमाङ्कन र प्रावधानलाई न्यायोचित बनाउने, प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउनको लागि अनिवार्य रुपमा एक वर्ष स्वयंसेवक तालिम दिन लगाउने, नागरिकता समस्याको स्थायी समाधानका लागि, किसानको समस्या स्थायी समाधानको लागि, चुरिया हिमाललाई संरक्षित क्षेत्र बनाएर अध्यागमन व्यवस्थापन गर्ने, १० करोड रुख रोपेर वातावरण संरक्षणमा योगदान पुर्याउने, समृद्धि र विकासका लागि मधेसमा विदेशी लगानी ल्याउने र समग्रमा मधेस थरुहट आन्दोलनका शहीदहरुको सपना पूरा गर्न मुस्लिम दलित आदिवासी अल्पसंख्यक सीमान्तकृत संहिता रहेका छन् ।
