जनकपुर, कार्तिक २१
पाँच दलीय गठबन्धनबाट धनुषा– २ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले अवसरवादीहरुलाई चिनेर जनताले तह लगाउने भन्दै उनले जनताका लागि काम गर्ने उम्मेदवारको रुपमा आफु नै रहेको दावी गरेका छन् ।
सोमबार धनुषाको औरही गाउँपालिका स्थित पुरनदाहामा घरदैलो कार्यक्रममा मतदातासँग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका नेता रामकृष्ण यादवले पैसाको लोभलालचमा परेर, जनतालाई ठगेर दल परिवर्तन गरेर, जनता र कार्यकर्ताको आँखामा धुल झोकेर अवसरकै लागि निर्वाचनकै बेलामा पार्टी परिवर्तन गर्नेसँग समाधान रहन भन्दै उनले मतदातालाई यही समयमा जनताले सही उम्मेदवार छनोट गर्न आग्रह समेत गरे ।
उनले अहिलेको राजनीतिक परिस्थिती अनुसार पाँच दलीय गबठन्धन भएको र मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त गर्नका लागि जनताको एजेण्डा, संविधानको रक्षा र संविधान संशोधन तथा नागरिकता विधेयक हाउसबाट पारित गरेर जनतालाई स्थायीत्व सरकार प्राप्त गर्नका लागि पनि विचार र नेतृत्वलाई मापन गरेर मतदान गर्न आग्रह गरे ।
उनले विगत र भविष्यमा पनि कतै तर्फ नजाने भन्दै जनताका लागि विचार र जनताको चाहना पूरा गर्नलाई आफु तत्पर रहेको बताए ।
पूर्वमन्त्री यादवले पाँच दलीय गठबन्धन सही रहेको यसको विचार र नेतृत्वले जनताका लागि काम गर्ने हुनाले गठबन्धनकै उम्मेदवारलाई मतदान गरेर स्वास्थ्य, शिक्षा, रोजगारी समस्या, कृषकका लागि मलखाद्यको समस्याको अन्त्य गर्नका लागि आफुहरुलाई आशीर्वाद दिन समेत उनले आग्रह गरे ।
