जनकपुर, कार्तिक २१
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसार तथा घरदैलोमा व्यस्त छन् ।
जनताका गुनासा र समस्या सुन्नलाई भएपनि नेता तथा उम्मेदवारहरु अहिले तल्लिन भएका छन् । जनापेक्षा अनुसार सहजैरुपमा उम्मेदवार तथा नेताहरु घरसम्मै भेटघाटसहित मत माग्न आउन थालेपछि अहिले मतदाताहरु समेत नेतालाई देखेर दंग पर्न थालेका छन् । निर्वाचन क्षेत्रमा कमै देखिने उम्मेदवार मध्येका एक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता सरतसिंह भण्डारी पनि हुन् । उनले जनताका गुनासा र समस्यालाई सहजैरुपमा स्वीकार्दै समस्या र गुनासा सुन्दै उनले ग्रामिण भेगको समस्या बाढी र एक अर्काे गाउँ तथा क्षेत्रसम्म जोड्नलाई पुलको आवश्यकता रहेको बताए ।
उनले आफु लामो समयदेखि सांसद पदमा रहेदेखि नै पुल निर्माणका लागि दर्जन भन्दा बढी पुलहरु महोत्तरी जिल्लालाई जलेश्वरसम्म जोड्नका लािग कामहरु गरेको र पुल निर्माणका कार्यहरु क्रमशः हुदैँ गरेको मतदातालाई जानकारी गराए ।
महोत्तरीको महोत्तरी गाउँपालिका स्थित मडैमा उनले मतदाताको गुनासा सुन्दै उनले दर्जन भन्दा बढी पुलहरु निर्माण तथा बाटोघाटो निर्माणका कामहरु भईरहेको बताउँदै उनले भने आफ्नो पालामा दुई अर्ब रुपैयाँ भन्दा बढीको पुलहरु निर्माण कार्य भईरहेको बताए ।
उनले विकासका आधारभुत भनेकै बाटोघाटो, सडक रहेकाले यसका लािग पुल पनि त्यतिकै आवश्यकता छ भन्दै उनले भने, ‘यहाँको विकासलाई तिव्रता दिनका लागि बाढीबाट जनतालाई बचाउन पनि त्यतिकै आवश्यकता छ, यसका लागि पहिला पुल निर्माण, त्यसपछि बाटोघाटो, सडक निर्माणले महोत्तरीको सदरमुकाम जलेश्वरसम्म सहजै जोड्न सकिन्छ ।’ उनले अघि थप्दैँ भने, ‘सुगम सडक र बाढीबाट गाउँलाई जोगाउनका लाथि उत्तम व्यवस्थापनको आवश्यकता अनुसार कामहरु भईरहेको छ ।’
उनले कृषिको आधुनिकीकरण गरी आन्मनिर्भरतालाई प्राथमिकता दिई काम गरिने बताए ।
