जनकपुर, कार्तिक २२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्ला सदस्य रोहित चौधरीले पार्टीमा असन्तुष्टी जनाउँदै राजिनामा दिएका छन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य पदका निर्वाचनमा पाँच दलीय गठबन्धनमा नेपाली काँग्रेसको नेतृत्वमा धनुषा– ३ मा लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दिएपछि उनी लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

उनले गठबन्धन भित्र पनि आफ्नै बलमा सबै दललाई समेटेर लैजानुपर्ने बेलामा सखाप भईरहेको काँग्रेसको पछि लागेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले मधेश आन्दोलनमा काँग्रेस र एमालेले नै सरकारको नेतृत्व गरिरहेको स्मरण गर्दै उनले भने, ‘मधेश आन्दोलनको बेला यही काँग्रेस सरकारको बेलामा काँग्रेसका मन्त्रीजनहरु पनि पुतला दहन गरेकाले अहिले पनि मधेश आन्दोलनको मुद्दाहरु सम्बोधन नभएकाले मधेश र मधेशीप्रति वफादार रही मधेश मुद्दालाई जिवन्त राख्नका लागि लोसपाबाट राजिनामा दिएको हुँँ ।’

चुनावी प्रचारप्रसारको क्रममा उनले दिएको राजिनामाले धनुषा– ३ मा उम्मेदवार अनिल कुमार झालाई असर पर्ने देखिन्छ ।

No description available.

उनले सामाजिक सञ्जालमा राजिनामा सम्बन्धी यस्तो लेखेका छन्, ‘म रोहित कुमार चौधरी, लोसपा नेपालको जिल्ला कार्यकारणी समितिको सदस्य आजको मिति देखि यस पार्टीको सम्पुर्ण जिम्मेवारीबाट आफुलाई मुक्त गर्दै आजैको मिति देखि राजिनामा गरेको घोषणा गर्दछु, संगै मलाई आफ्नो कार्यकालमा रहदा पार्टीका साथीहरुले गर्नु भएको सहयोग प्रती हार्दिक आभार व्यक्त गर्दछु ।
मधेस आन्दोलनको थालनी देखि नै आफु देश र मधेस प्रती बफादार रहेको र आउँदो समयमा समेत आफ्नो मुद्दालाई जिवन्त राख्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु । आगामी राजनिती यात्रामा मेरा शुभेच्छुक र समर्थक साथीहरुको साथ र सहयोगको अपेक्षी छु ।’