जनकपुर, कार्तिक २३
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को प्रदेशसभाका उम्मेदवार डा. प्रसन्नकुमार झाले यस क्षेत्रको वास्तविक विकासका लागि सन्तती तर्फ गम्भिरतापूर्वक शिक्षा, स्वास्थ्य तर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
उनले आफ्नो मात्र नभइ आफना सन्तती र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान पनि गरे ।
धनौजी गाउँपालिकाको कटैया र तरहीमा घरदैलो क्रममा मतदातासँग कुराकानी गर्दै डा. झाले, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाइका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।’ उनी भन्छन्, ‘मेरो जित मेरो वा जनमतको जीत मात्रै होइन यस क्षेत्रको सम्पूर्ण जनताको जीत हुनेछ ।’
अहिलेसम्म निर्वाचन जितेर सांसद् बनेकाहरुले यस क्षेत्रको विकास र जनताका लागि ठोस काम नगरेको भन्दै डा. झाले भने, ‘आफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ।’
