जनकपुर, कार्तिक २३
धनुषा क्षेत्र नं. १ मा जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका किशोरी साह कमलले नेकपा एमालेले अन्याय गरेपछि आफुले विद्रोह गरेको बताएका छन् ।
चुनावी प्रचारप्रसारलाई तिव्रता दिदँै बुधबार मतदाता तथा बुद्धिजीविहरुसंगको छलफल गर्दै उनले यस्तो भनेका हुन् ।
सो क्षेत्रमा एमाले त्यागेर जनमतबाट उम्मेदवारी दिएका कमलले जनताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् ।
कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ । बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने प्रदेश सभा सदस्य समेत रहेका कमलको दावी छ ।
पाँच दलीय गठबन्धनबाट सांसद समेत रहेका माओवादीका नेता तथा पुर्वमन्त्री मातृका प्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट दिपक कार्की उम्मेदवार छन् ।
