जनकपुर, कार्तिक २४

कोरोना संक्रमणका कारण अर्थतन्त्र मन्दीमा रहेका बेला नेपाल राष्ट्र बैंकले ल्याएको नीतिगत दर मार्फत ब्याजदर बढाएपछि व्यवसायीहरु समेत आन्दोलित भएका छन् ।

वर्ष दिनमै ब्याज दर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएको भन्दै व्यापारी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वितिय समस्या समाधनार्थ व्यवसायीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन् ।

‘बैंकिङ आतंक बन्द गर’ ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘कर्जा ब्याजदर घटाउ’ लगायतका मागहरु कार्डमा लेखिएको थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले हामी व्यवसायी व्यापार गर्ने हौं, बैंकविरुद्ध ढुंगामुढा गर्न सकिँदैन । त्यसैले शान्तिपूर्ण आन्दोलन गरेका हौं’ भने ।

उनीहरुले नेपाल राष्ट्र बैंक जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत अर्थ मन्त्रालयलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

No description available.

No description available.No description available.

No description available.