काठमाण्डौ, कार्तिक २४

‘नो नट अगेन’ अभियानलाई कारबाही अघि बढाउने भनि निर्वाचन आयोगले गरेको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उम्मेदवारहरू विरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले सो सम्बन्धी सामाजिक सञ्जाल तथा विभिन्न गु्रपहरु समेत बन्द गर्न निर्देशन दिएको थियो ।

आयोगको सो निर्देशन विरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी र अनिल आचार्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।