जनकपुर, कार्तिक २४

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमलले जनमतकै नेतृत्वमा विकास सम्भव रहेको बताएका छन् ।

बिहिबार धनुषाको हँसपुर नगरपालिकामा घरदैलो अभियानमा बोल्दै उम्मेदवार साहले जनमत पार्टी शुरुदेखि नै भ्रष्टाचारलाई निरुत्साहित गर्ने दिशामा लागेको पार्टी रहेको दावी गरे ।

साहले जनमत पार्टी शुरुदेखि नै भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेकाले जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भ्रष्टाचारलाई निर्मूल पार्ने दिशामा काम गर्ने दल रहेकाले जनमतको नेतृत्वमै विकास र समृद्धि सम्भव रहेको बताए । कमलले विकास र समृद्धि शिक्षा बिना सम्भव नरहेको समेत बताए । कममले भने, ‘ आफ्नो दल शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण, प्राविधिक शिक्षामा जोड दिनेछ ।’

प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएको बेला शिक्षा क्षेत्रमा विकासका लागि सदनमा निरन्तर आफूले आवाज उठाएको बताए । र यहाँका जनताले प्रतिनिधिसभामा निर्वाचित गराए त्यहाँ पनि आवाज उठाउन बन्द नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिमेकी मुलकहरु भारत, बङ्गलादेश, चिन आज शिक्षाको हवका रुपमा चिनिन्छन् तर नेपालले त्यस्तो गर्न सकेको छैन ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।