जनकपुर, कार्तिक २५

धनुषा– १ मा नेकपा एमाले परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवारी दिएका किशोरी साह कमल अहिले विभिन्न पार्टीहरुबाट कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार साहलाई जिताउन नेकपा एमालेलगायतका दलबाट दर्जनौं कार्यकर्तालाई जनमत पार्टीमा भित्र्याएका छन् ।

शुक्रबार सबैला नगरपालिका वडा नम्बर १० स्थित खरिहानी र गेरुवाहीमा घरदैलोको क्रममा नेकपा एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ताहरु कमल ईमान्दार उम्मेदवार रहेको र अन्य उम्मेदवार भन्दा उत्तम र क्षमतावान रहेको भन्दै जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा नेकपा एमालेका रामदयाल यादव, प्रमोद यादव, निरज यादव सुरेन्द्र राय र रामएकवाल यादव, मनोज पजियार, प्रमोद ठाकुर, सदाम मन्सुर सहित दर्जनौं नेताकार्यकर्ताहरुलाई उम्मेदवार साहले जनमत पार्टीमा स्वागत गरेका छन् ।

नवप्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचिव अनिता साह र प्रतिनिधि सभा सदस्यको उम्मेदवार साहले संयुक्तरुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।