जनकपुर, कार्तिक २५
धनुषा ३(क) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले कसैको दवाब वा प्रभावमा परेर मतदान नगर्न आग्रह गरेका छन् ।
शुक्रबार मुखियापट्टी मुसहरनिया गाउँपालिकामा घरदैलो अभियान अन्तर्गत उम्मेदवार डा. झाले दवाव वा प्रभाव मा नपरी मतदान गर्न आग्रह गरेका हुन् ।
अगामी मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै विभिन्न किसिमका प्रलोभनमा पारेर मतदाता रिझाउने प्रवृति बढ्ने गरेकोमा चिन्ता व्यक्त गर्दै उम्मेदवार झाले सही सुझाव दिएर सही मार्गमा डो¥याउनुपर्नेमा जोड दिए ।
डा. झाले जनमत पार्टीको पक्षमा मतदान गर्न समेत आग्रह गरे । विकास र समृद्धिका लागि जनमत पार्टीको नेतृत्व आवश्कय रहेको उनको भनाई थियो । मतदाताको विश्वासलाई आफुले सार्थकतामा परिणत गर्ने प्रतिबद्धता समेत उनले गरे ।
आफूसंग प्रदेश र यस क्षेत्रको विकासका लागि विभिन्न एजेण्डाहरु रहेकाले आफूमाथी विश्वास गरेर एक पटक परिक्षणका लागि भएपनि अवसर दिन मतदाताहरुलाई आग्रह गरे ।
