जलेश्वर, कार्तिक २९
लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले मधेशको मुद्दालाई समातेर अगाडी बढ्ने दल लोसपा मात्रै रहेको दावी गरेका छन् ।
मधेशको नाममा मत लिएर सत्ता भोग गर्नेहरु यहाँका मुद्दा बिर्सदै गए तर लोसपा यहाँका मुद्दाहरु कहिल्यै छोड्न नसक्ने स्पष्ट पारेका छन् ।
मधेशवादलाई मजबुत पार्नकै लागि उपेन्द्र यादवको दललाई हामीले रेस्क्युँ गरेका थियौँ, भण्डारीले भने ‘तर उनले मधेशी जनताकै बलमा सत्तामा पुगेर धोखा गरे ।’ मंसिर ४ गतेको निर्वाचनमा उनलाई यहाँका जनताले गतिलो जवाफ दिने बताए ।
महोत्तरी २बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका भण्डारीले नागरिकताको विषय सदनसम्म पुग्नुमा लोसपाकै हात रहेको दावी गरे । देशकै ठूलो समस्याका रुपमा नागरिकताको यो मुद्दा समाधानकालागि लोसपाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न मतदाताहरुलाई उनले अपिल गरे ।
यसका साथै सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशमा संघियताको रक्षा, संविधान कार्यान्वयन, संविधान संशोधन, नागरिकता समस्या समाधानका लागि सत्ता गठबन्धनको जीत मुलुकका लागि अपरिहार्य रहेको उनको भनाई थियो ।
