परिवर्तनको हरेक आन्दोलनमा अग्र भुमिका निर्वाह गर्ने, कम बोल्ने, धेरै गर्ने, माओवादको राजनीतिबाट उदाएका रामचन्द्र मण्डल आसन्न प्रदेशसभा निर्वाचनमा भाग लिएका छन् । उनी धनुषा निर्वाचन क्षेत्र नं. १(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । यसअघि माओवादी र एमालेको बाम गठबन्धनबाट निर्वाचित मण्डल पार्टी अलग हुँदा माओवादी छोडेर एमाले राजे । एमाले रोज्दा सांसद पदको त्याग गरेर पनि सधै अरुको फलोअर्स भन्दा आफै लिडर बन्ने विचार सिद्धान्तको आधारमा एमालेको साथ दिएका मण्डल यसपटक एमाले–जसपा गठबन्धनका उम्मेदवार हुन् । 

– निर्वाचन तयारी के छ ?

निर्वाचन प्रचार–प्रसारको कामलाई तीव्रता दिइरहेका छौं । चुनावी तयारीमा २० वडामा घरदैलो समाप्त भैसकेको छ । अन्य विभिन्न चोक, टोल र मतदाताको घरदैलोमा पुगेर व्यक्तिगत, पार्टी संगठनसंग भेटघाट गर्दैछौ । साथसाथै अन्य कार्यकर्ताहरुमा उर्जा प्रवाह गर्ने काम गर्छौै । समग्रमा २० वटै वडामा हाम्रो पोजिसन फस्ट छ । यही पोजिसनलाई हामीले निरन्तरता दिनुपर्ने हुन्छ । यसैलाई बरकरार राख्दै कन्टिन्युटि दिन सक्यौं भने चुनावमा बाजि हान्न सकिन्छ । जनताले हामीबाट धेरै आशा र भरोषा गरेका छन् ।

मत माग्न जादा के एजेण्डा लिएर मत माग्दै हुनुहुन्छ ?

  • हाम्रो मत माग्ने मुख्य दुई आधार छन् । एउटा अघिल्लो निर्वाचनमा मलाई निर्वाचित पछि गरेको अधुरा कामहरु कम्पिल्लिट गर्नुछ । दोश्रो नयाँ कामहरु पनि गर्नुपर्नेछ । तेश्रो र सबैभन्दा ठुलो हामी गरिब देशका मानिस एक्कै पटक सबै विकास सम्भव हुदैन् । तर सारथी बनेर काम गरिदिन सक्छौं । गाउँ परिवारको एउटा सदस्य (समाङ्ग) बनेर काम गरिदिन सक्छौं । हनुमानजी जस्तै परिवारको सुख दुःख, जीवन व्यवहार, समस्या परेको बेलामा अगाडी बढेर पहलकदमी लिएर काम गर्ने प्रतिबद्धता गर्छौ । साथै वर्गविकास, घरपरिवारको सदस्य भएर पिडामा निःस्वार्थ उभिएर जीवन व्यवहारमा सहयोग पु¥याउने गर्छौ । संसदमा पुगेपछि कानून निर्माण गर्ने मुख्य अभिभारा हुन्छ, विकास निर्माण त साईडको पाटो हो । तर जनताको बीचमा जानुपर्ने भएकोले काम गर्न सकिए भने जनताले असफल मान्छे, काम गर्न सकेन, काम भएको छैन । परम्परागत बुझाई संसदीय बुझाई फरक बुझाईलाई पनि ब्रेक डाउन गरेर मन्त्रालय केन्द्रित बजेट प्रणालीलाई ब्रेक गरेर जनकेन्द्रित बजेट प्रणाली लागु गरेर मात्र विकास हुन्छ । मन्त्रालय बजेट प्रणाली छ, त्यो प्रणालीबाट २५–५० प्रतिशत भन्दा बढी कामै गर्न सकिदैन् । अरु पैसा फ्रिज भएर जान्छ, त्यो चाँही परम्परागत शैलीमा विकास हसन्छ, जसलाई चेन्ज गर्न जरुरी छ । यी यावत विषयवस्तुहरुलाई केन्द्र बनाएर जनता माझ मत माग्दै छौं ।

जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

  • मैले गरेको कामको लोकप्रियताबाट मानिसहरु चकित छ । एउटा प्रदेशसभाको मान्छेले यति धेरै काम कसरी गरे भन्ने मानिसमा छ । कामबाटै आम नागरिकले समर्पित, काबिल, ईन्रजेटिक, उर्जा, काम गर्ने क्षमता छ जिताउनुपर्छ भन्ने सद्भाव छ । सबैको एउटै बोली छ, रामचन्द्र मण्डल होनहार मान्छे हो, यसलाई जिताउनुपर्छ । तर म ढुक्क भएको छुईन, अहिले पनि संघर्षमै छु, काम गरिरहेको छु । समग्र हेर्दा विकास निर्माणको सवालमा जनताको धेरै गुनासो छ । कार्यकाल सानो भएपनि मेरो राम्रो काम भएको छ । समग्रमा चाँही राम्रै प्रतिक्रिया पाईरहेको छु । गुनासो नभएको चाँही होईन, गुनासो के छ भने रामचन्द्र सर तपाई भुईमान्छेसंग भेटनु भएन । कार्यकर्तासंग मात्र भेट भयो । वास्तवमै म कार्यकर्तासंग सेन्टड भए अब मैले के सोच्या छु भने कार्यकर्ता सेक्टर भेटघाटलाई अब पब्लिक भृटघाट बनाउनु प¥यो । जनताको आवाज के छ ? आम पार्टीको आवाज के छ ? सर्वपक्षीय सर्वदलीय बैठकबाट आवश्यकता अनुसारको जनताको भोगाई आफ्नो सिकाईबाट जनतालाई नै दिने परम्परालाई कायम गर्न जनताको गुनासो, कार्यकर्तासंगको भेटघाट, आम पब्लिकसंग भेटघाट भएन भन्ने गुनासोलाई हटाउन पहल गर्छु ।

अघिल्लो निर्वाचनमा जितेर गैसकेपछि गर्नुभएको कामको कस्तो प्रत्रिक्रिया छ ? के के विकास गर्नुभो ?

  • मेरो तीन वर्षे कार्यकालमा कुनै वडा छैन, जहाँ करोड भन्दा कमको काम भएको छ । मैले मूल सडक निर्धारण गरी ७ वटा सडकमा ५ किमी सम्म कालोपत्रे गराएको छु । पूलहरु निर्माण भएको छ, केही टेण्डर प्रणालीमा छ, केहीको काम हुदैछ । केही बजेटहरु केन्द्रबाट ल्याएको छु, केही प्रदेशसभाबाट पनि ल्याएका छु । सिचाईको क्षेत्रमा १४ वटा डिप बोरिङ्ग, साना ४ ईन्चको बोरिङ्ग र पावर ड्रिल बोरिङ्ग २ सयको हाराहारीमा वितरण गरेको छु । शिक्षाको क्षेत्रमा धारापानी स्कुल मोडेल बनेको छ । ३५÷३५ लाख बराबरको कम्प्युटर हाईस्कुलमा उपलब्ध गराएको छु । मिथलेश्वर माविमा तीन, सुगानिकासमा दुई भवन बनाएका छु । सेक्टर मार्गको कुरा गर्ने हो भने तीनवटा सेक्टर बाँध निर्माण भएको छ । नौं सयमा दादर नदी, हंसपुर कठपुल्लामा भिमा र सुगानिकालमा हमारी सेक्टर बाँध निर्माण भएको छ । सुगा निकाल र भुतहीमा बजार व्यवस्थापनमा ढलान, बजार सेट निर्माण भएको छ । सडक पूर्वाधारको क्षेत्रमा तारापट्टी–गेरुवाही–खरिहानीमा नयाँ ट्रयाक्क खुलेका छ । जसमा ६ वटा पुल टेण्डर मार्फत काम हुदैछ । पुरनदाहा–भुतही देखि मालटोलको सडक, तारापट्टी–पुष्पवलपुर सम्म ५ किमी सडक पिच र ढलान भएको छ । पशुराम तलाउ देखि कजरा–जुगेश्वरपुर हुदै ईनर्वा सडक ग्राभेल–पिच, किसान सडक नामाकरण गरेर सुगानिकास देखि किसानपुर सम्मको सडकमा ग्रोभल, हंसपुर देखि डाँडाँटोल सम्म २५ करोडमा टेण्डर भएर सडक सञ्जाल निर्माण सुरु छ । भिमान देखि महाजन गाछी–धरमपुर सम्मको सडक बनेको छ । सडक ढलान भुतही, मिथिलेश्वर, बघचौडा, लौवाखोर, रमौल, लमनगरा, नौसय जस्ता योजना गनेर साध्य नै छैन् ।

गरिब दलितको जनजीविकाको सवालमा केही भएन नी, किन ?

  • गरिब दलितको क्षेत्रमा सबैभन्दा ठुलो समस्या बेरोजगारी हो । रोजगार नपाएर विदेशियका छन । बाहिर गएका युवालाई कसरी रोजगार दिने भन्नेमा चिन्तन जरुरी छ । बहुराष्ट्रिय कम्पनीहरुबाट निर्मित उद्योगहरुलाई काउण्टर दिन नेपाल जस्तो गरिब देशलाई गाह्रो छ । त्यसलाई म्यानेज गर्ने केन्द्र लेवको पोलिसि बन्नुपर्छ । भारत र चिनको क्याप्टि मार्केटलाइ विस्थापित गर्ने जस्ता यावत अन्तराष्ट्रिय अर्थशास्त्रसंग सम्बन्धित विषयवस्तुलाई मुख्यत संघीय सरकारले सम्बोधन गर्नुपर्छ । जीवनस्तरको सवालमा भन्नुहुन्छ भने १६० दलित र जनजातिहरुको घर बनाएको छु । मिथिलेश्वरमै पनि ८० जनाको दुईकोठे भवन बनाएर दिएको छु । मुसहर समुदायका ८० जनालाई घर बनाईदिएको छु । विपन्न घरपरिवारलाई समेत ११ वटा घर बनाएर दिएको छु । यसरी दलित जनजाति, गरिब, विपन्नको जीवन स्तर उकास्न, व्यवहार परिवर्तन गर्न राष्ट्रिय नीतिका साथ अघि बढ्नुपर्छ ।

कोशी देखि वागमति सम्म बाँध बनाउने, सिचाई गर्ने योजना कहाँ सम्म पुग्यो ?

  • धेरै ठुलो महत्वको विषयमा प्रश्न गर्नुभो ! मेरो योजना चाही पहिलो चरणमा कोशी देखि वागमति सम्म चाँही कृत्रिमा नहर बनाउने मेरो एउटा सपना छ । प्रदेशको नमूना योजनाको रुपमा डेभलोप गर्न मोरल योजनाको रुपमा लागू गर्न लागि प¥या छु । अर्थात प्रदेशको गौरवको योजनाको रुपमा अगाडी बढाउन साथीहरुलाई कन्भिन्स गर्न खोजिरहेको छु, तर हुन सकिरहेको छैन् । यो गौरवको योजनाबाट धेरै बेनिफिट हुन्छ । कृत्रिम नहर भएपछि पर्यटनको ठुलो आधार हुन्छ । डयाम्ममा पानी रिजर्भ भएर चूरे हराभरा हुने, पानी रिचार्ज भएर पानीको लेवल तलबाट माथि आउने, नदीको कटान बन्द हुन्छ, चौडाई घटछ, त्यहाँबाट लाखौंविघा जग्गा निस्केर आउँछ, जुन भुमिहिन किसानहरुलाई जग्गा दिएर खतीपाती गराउन सकिन्छ । खानेपानीको समस्या, बालुवा आएको भु–क्षय र मरुभुमि बनाउने कामलाई रोकेर बालुवा र गिट्टीको खानी निर्माण गर्न सकिन्छ । यो प्रदेको गौरवको आयोजनालाई प्रदेश सरकारले निर्धारण गरेर देओस् । त्यसमा प्रदेश र केन्द्रले पनि लगानी गरोस् । फिजिवलिटी स्टडी गरेर सम्भावना र भावि भविष्यको बारेमा अध्ययन गर्नुपर्छ । प्लान त खर्चिलो छ, तर राम्रो छ भनेर प्रतिक्रिया आईरहेको छ । सरकारले नदी नियन्त्रण गर्न अर्बौ खर्चिन्छ जसको कुनै उपयोगिता छैन, एक वर्ष लगायो अर्को वर्ष भत्किन्छ । त्यसैले यो योजना भएपछि चूरे संरक्षण गर्नैपर्दैन । पानी रिजर्भ भएर रिचार्ज हुँदै आएपछि चूरे हराभरा हुन्छ । अहिले बोटविरुवा लगाउँछौ, तर एउटा पनि लाग्दैन, कारण एउटै छ पानी छैन् । त्यो सबै फजूल खर्चलाई रोकेर एक ठाउँमा सेन्ट्रलाईज गरेर काम गर्न सकियो भने यहाँको त मुहार नै फरिन्छ । यसलाई वितारै नारायणी सम्म विस्तार गरेर जलमार्ग समेत बनाउन सकियो । पूर्व–पश्चिम जलमार्ग भयो भने टुरिज्मको सबैभन्दा ठुलो डेस्टिनेशन हुन्छ ।

रामायण सर्किटसंग जोडिएको धनुषाधाम विकासकोे योजना के छ ?

  • रामायण सर्किट नेपाल–भारत सरकारको संयुक्त आयोजना हो र जनकपुर–धनुषाधाम, परशुराम तलाउ जोडिएको रामयणकालिन धार्मिक सम्पति, संस्कृति बनिसकेको छ । यो मानिसको अस्थाको केन्द्र पनि हो । यसलाई अन्तराष्ट्रिय चिन्तन गरेर यो प्रोजेक्टलाई अगाडी बढाउनुपर्छ । हामीसंग पैसा छ, योजना छ तर ईम्पिलिमेन्टेशनको कमी छ । यो मेगा प्रोजेक्टसंग जोडिएकोले हामीले हाम्रो तर्फबाट हुने सबै गरिररेहका छौं, तर सम्भव भईरहेको छैन् । अन्तराष्ट्रिय सम्बन्धसंग जोडिएको विषय भएकोले विस्तृत केन्द्र सरकारले हेर्ने विषय हो, तर हामी प्रदेशले पनि गर्न सक्छौं । केन्द्रको मुख ताकेर बस्ने अवस्था पनि छैन् ।
  • माओवादीमा तपाईका लगानी र प्रतिफल कतिको छ ?
  • – माओवादीको लागि जनयुद्ध लडियो । पार्टी संगठन विस्तार गरे । मलाई यस्तो कुनै ठाउँ छैन् जहाँ मानिसले माओवादी भनेर चिन्दैन् । पुरानो एमाले काँग्रेसको पार्टी कार्यालय जनकपुरमा हेर्नुस् । नयाँ पार्टी कार्यालय माओवादीको हेर्नुस् । त्यो माओवादी पार्टी कार्यालय मैले बनाएको छु । मात्रिका जीको एक बोरा सिमेन्ट छैन, त्यहाँ मैले छोडेको दुई÷अढाई वर्ष भयो । जस्ताको त्यस्तै छ, कसैले एक बोरा सिमेन्ट पनि लगाएको छ ? भन्नुस त, मैले दुई तल्लो घर बनाईदिएको छु । १३ धुरमा त घर मात्रै छ । सामान्य काम हो, करोडौंको घर बनाउनु ! शहिद परिवारलाई छोराछोरीलाई स्कुलमा पढाए । अहिले उनीहरु व्याचलर, मास्टर्स गर्दैछन् । मैले लिएर गएर कसैको कहाँबाट त कसैको कहाँबाट भनेर भर्ना गर्न लगाए, कापी किताव म्यानेज गरे । यति सम्म गर्ने कोही छ, माओवादीको भन्दियोस् त, देखाओस् त ! तर पार्टीले के ग¥यो, मलाई नै संगठन विहिन बनाईदियो । संगठन बनाउने मान्छे म मलाई नै संगठन विहिन बनाईदियो ।
    माओवादी छोडेर एमाले तीर लागेका साथीहरु अहिले स्वतन्त्र भए, के असन्तुष्टि भएको हो ?
    –  यो एडजस्टमेन्टको समस्या भएको हो । नयाँमा एडजस्टमेन्ट हुने पछि गाह्रो हुने समस्या भएको हो । मसंगै एमाले आएका साथीहरुमा उत्ताउलोपना देखियो । पार्टीले महत्व दिएन भनेर असन्तुष्टि आयो, स्वभाविक पनि हो, पुरानालाई नयाँ भन्दा बढी महत्व हुने नयाँलाई कम महत्व हुने अनि प्रतिस्पर्धाको राजनीतिमा नयाँले पुरानाको भाग खोज्न आए जस्तो हुने व्यवहारिक समस्याहरुको कारणले जटिलताहरु पैदा भएको छ । जबसम्म अन्तरघुलनको पिरियड समाप्त हुदैन् । त्यो बेला सम्म थोर बहुत समस्या आउँछ । किनकी चिनि पानी र नून मिले जस्तो यो हैन् । यसमा धैर्यता नभएर स्वतन्त्र उम्मेदवार हुनुभो । जुन विल्कुल गलत हो ।
    आगामी दिनमा माओवादीमा फर्किने सम्भावना के छ ?
    माओवादी विचार राजनीति नयाँ ढंगले गयो भने सबै ब्रेकरहरु भत्काउनु सक्छु । पूरानै संसदीय व्यवस्था तथा प्रतिस्पर्धाको राजनीतिमा कम्युनिष्ठको खोल ओढेर, जुन साईबोर्ड छ त्यही बोर्डमा बुजूर्वा राजनीति गर्ने हो भने कुनै अर्थ छैन । माओवादी विचार राजनीतिमा नाम मात्रको टयाग लगाएर काम छैन् । तर नयाँ हिसावले सम्पुर्ण ब्रेकरहरु भत्कियो र मानिसहरुले सम्भावना देख्यो भने चूनौती त हुन्छ तर चूनौतीहरुलाई छल्न म पछि पर्दिन् । तर सम्भावनाहरु छ, तर सम्भावना नै नभएको ठाउँमा म जाने कुरा हुदैन् । मुख्य देश र जनताको मुक्तिको विषयवस्तु, समृद्धिको सपनाहरु छ भने म आउँन सक्छु ।
    निर्वाचन जितेर आगामी पाँच वर्षको प्रमुख प्राथमिकता के के हुन्छ ?
    – कोशी देखि वागमति सम्मको मेगा प्राजेक्टलाई प्रदेशको गौरवको आयोजनामा अटाउने एउटा मुख्य काम हुन्छ । दोश्रो पूर्वाधारको क्षेत्रमा अधुरा कामहरु गर्ने, डिजिटल दुनियाँमा अमेरिकाबाट पढाएपनि नेपालमा पढ्न सक्ने वातावरण मिलाउने, डिजिटल माध्यमाबाट ८ वटै जिल्लाको टप मास्टरलाई कम्पिटिसन मार्फत विषयगत टफ टिचर राखेर पढाउने, त्यो पनि एउटै माध्यमबाट अन्य शिक्षकहरु चाँही बच्चाहरुलाई रुँग्ने, होमवर्क चेक गर्ने, जसले पढाई, विषयवस्तुमा एकरुपता आउँछ । यसले कलालाई बुष्टअप गर्ने, शिक्षालाई नै डिजिटलाईज गर्ने हाम्रो प्लान हो । त्यो कति गर्न सकिन्छ, त्यो बाँकी छ, तर नविन सोचका साथ बढ्न खोज्या छु । मैले प्रस्ताव अघिल्लो राखेको थिए, तर मन्त्री जीले भारत विहारको हुन सकेन हामी के गर्न सक्छौं भनेर पन्छयाउनु भयो । मेरो तर्क थियो भने भारतमा भएन भने नेपालमा हुन्न भनेर केही छ । छैन नी गर्न त सकिन्छ नी । कम पैसामा धेरै प्रगति गर्नु नराम्रो हो ।
    शिक्षा, स्वास्थ्यको गैर जिम्मेवारीपनलाई हटाएर जिम्मेवारी बोध मात्र गराउन सक्यौं भने पुरै सिस्टम चुस्त दुरुस्त हुन्छ । आईटी मार्फत देशै कन्ट्रोल गर्न सकिन्छ, त्यो कन्ट्रोल गर्न सक्नुप¥यो ।
    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
  • निर्वाचनको बेला यो एजेण्डाका विषयवस्तु भयो । सम्पुर्ण एजेण्डा लागु गर्न भोट चाहिन्छ । भोट पाएपछि, चुनाव जितेपछि मात्र लागु गर्न सक्छौ, सम्पुर्ण मतदाता सम्मानित भोटरसंग भोट दिनुस् चुनावमा जिताउनुस् । देश बनाउने सपना, आवश्यकता, चाहना त्यसलाई पूर्ती गर्न म निरन्तर लागि रहनेछु । तर फस्ट स्टेपमा त भोट पाउनुप¥यो । भोट बाहेक अन्य कुनै उपाय छैन् ।