जनकपुर, मंसिर १

मंसिर ४ गते निर्वाचन अगावै सुरु हुने मौन अवधिको पूर्वसन्ध्यामा तराई मधेश लोकतान्त्रिक पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार असगर अलीले जनकपुरधाममा कलश यात्रा र रोड शो कार्यक्रम गरेका छन् ।

बिहिबार जनकपुरधाम स्थित महावीर चोकबाट दिउँसो निकालिएको कलश यात्रा र रोड शो राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया, देवि चोक, जानकी चोक, शुक्रवारी बजार हुँदै पुनः महावीर चोकमा आई कोण सभामा परिणत भएको थियो ।

कलश यात्रा र रोड शोमा तमलोपाकी नेतृ विभा ठाकुर, जनकपुरधाम उपमहानगरपालिका पूर्वमेयर श्रवण साह, तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलसहितका नेता, कार्यकर्ता तथा उम्मेदवार अलीका सयौं समर्थकहरुको सभागिता रहेको थियो । कलश यात्रा र रोड शोमा सर्वसाधारणले अलीलाई ठाउँठाउँमा स्वागत र जितका लागि शुभकाना समेत दिएका थिए ।

सो कोणसभामा बोल्दै उम्मेदवार अलीले आफू नेता नभई जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीसँग भोट मागेका बताए ।
उनले भने, ‘म यही शहरमा जन्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसंस्कृतिसँग औधी लगाव छ, अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होइन । म सँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्चेको छु । मैले जनकपुरधाम र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक सम्झेर मतदान गर्नु होला ।’

मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावी गर्दै नेता अलीले भने,‘ अब मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहेनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त कोही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहेन ’ उनले भने ।

उनले अघि थप्दैँ भने, ‘संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौं मधेशीका सन्तान नागरिकताबाट वञ्चित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, नेतृ विभा ठाकुरले भनिन्,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेतको परवाह नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दामा धेरैजना कारागार जीवन बिताइरहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे । तर मधेश मुद्दा जहाँको त्यही छ । त्यसैले मधेश र मेधशी जनताको अवाजलाई बुलन्द गर्न तमलोपाका उम्मेदवारलाई जिताउनु आवश्यक छ ।’