जनकपुर, मंसिर १

धनुषा निर्वाचन क्षेत्र नं. ३ ‘क’ को प्रदेशसभा उम्मेदवार डा. प्रसन्न कुमार झाले जनमतकै पक्षमा मतदानको रुझान देखिएकाले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

दुई ठुला गठबन्धन माथि जनता विश्वास्त हुन नसकेको भन्दै उनले यसपाली जनताले नयाँ अनुहार र यूवालाई अवसर दिने भएकाले आफुलाई यस क्षेत्रमा जनताले रुचाएको बताए ।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहिबार घरदैलो र सभाको क्रममा जनताले परिवर्तन चाहेको र आफ्नो एजेण्डा पनि परिवर्तन र स्वास्थ्य तथा शिक्षा नै रहेको बताए ।

उनले युवा नेतृत्वले मात्र देशमा परिवर्तन ल्याउन सक्ने तर कस्ता युवा छान्ने भन्ने विषय मुख्य रहेको बताए ।