जनकपुर, मंसिर २
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँग जोडिएका सीमानाका बन्द गरिएको छ । निर्वाचनको ७२ घण्टा अघि देखि नै नेपाल सरकारले सबै नाका बन्द गरेको हो ।
मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुने जनाइएको छ । नेपाल र भारतबीच खुला सीमानाका चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी समेत गरेको छ ।
