जलेश्वर, मंसिर २
महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एक भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ तर्फ बर्दिवासवडा नम्बर ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।
मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचार प्रसारका सामग्री लिएर हिँडेको गाडी र चालक सहित निर्वाचन कार्यालय महोत्तरीमा कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।
