बारा, मंसिर ३

सत्ता गठबन्धन उम्मेदवार विरुद्ध गलत प्रचारप्रसार गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा–४ मा जिल्लाका उपसभापति सहित ३ जनालाई अनुशासनको कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिले एक विज्ञप्ति जारी गर्दै बाराका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियार (पाल), क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी र जिल्ला सदस्य हरिप्रसाद थपलियालाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । बारा– ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उपसभापति पाल, थपलिया र ढोडारीको पार्टी सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ ।

कांग्रेसले बारा– ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले पार्टीको नीति विपरीत सत्ता गठबन्धनका उम्मेदवार विरुद्धमा गतिविधि गरेकाले पार्टीको अनुशासन विभागले कारबाही गरेको स्पष्ट पारे ।