वीरगंज, मंसिर ३

पर्सामा मौन अवधिमा चुनाव प्रचार प्रसार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज भने सवारी चालक हुन् ।

पर्सा–४ स्थ्ति कालिकामाई गाउँपालिका वडा नम्बर १ स्थित मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।

गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरूलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको जनाइएको छ ।

पक्राउ परेका अभियूक्तहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।