जनकपुर, मंसिर ४
आज बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मतदान गर्न देश भरका मतदाता उत्साहित देखिएका छन् ।
बिहानैदेखि मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् ।
मतदाताहरु मतदानका लागि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।
आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मत अधिकार प्रयोग गर्नेगरी व्यवस्था रहेको आयोगले जनाएको छ ।
