जनकपुर, मंसिर १०

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणाम आउने क्रम अझैपनि जारी नै छ ।

पछिल्लो मतगणनाकोा परिणाम अनुसार प्रतिनिधिसभा सदस्य तर्फ मधेस प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस वीच कडा प्रतिस्पर्धा भईरहेको छ ।

प्रतिनिधिसभातर्फ मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये हालसम्म सार्वजनिक ३० क्षेत्रको मत परिणाममध्ये एमाले ७, कांग्रेस ७ र जसपाले ६ तथा नेकपा माओवादी केन्द्र १ सिट जितेको छ । भने लोसपा नेपाल ३, नेकपा एकीकृत समाजवादी पार्टी २ र जनमत पार्टी १ क्षेत्रमा जितिसकेको छ भने अन्य ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेशमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३२ सिट छ ।

निर्वाचित भएका पार्टी र उम्मेदवारहरुको मतपरिणाम यस्तो छ ।

एमाले–७ सीट
सिरहा–१ रामशंकर यादव (२९४६२)
सिरहा–३ लिलानाथ श्रेष्ठ (२८०६४)
धनुषा–३ जुलीकुमारी महतो (३३३८८)
सर्लाही–३ हरिप्रसाद उप्रेती (३२९३८)
बारा–१ अच्युत प्रसाद मैनाली (३९१९५)
बारा–३ ज्वालाकुमारी साह (२०२५१)
पर्सा–३ राजकुमार गुप्ता (२४२६०)

कांग्रेस– ७ सीट
सप्तरी–३ दिनेशकुमार यादव (२६१६६)
धनुषा–२ रामकृष्ण यादव (२०११२)
रौतहट–४ देवप्रसाद तिमलसेना (३४१६१)
पर्सा–२ अजय चौरसिया (२८४५१)
पर्सा–४ रमेश रिजाल (३१२२४)
सप्तरी–४ तेजुलाल चौधरी (२३४९१)
महोत्तरी–४ महेन्द्र राय यादव (२५४२०)

जसपा–६ सीट
सप्तरी–१ नवलकिशोर साह (२३५६४)
सिरहा–४ वीरेन्द्र प्रसाद महतो (२४१०२)
पर्सा–१ प्रदीप यादव (२२५३७)
सिरहा–२ राजकिशोर यादव (२४१७८)
बारा–२ राम सहाय प्रसाद यादव (१३८२२)
धनुषा–१ दीपक कार्की (२७४३१)

लोसपा–३ सीट
महोत्तरी–२ शरत सिंह भण्डारी (२५१९०)
महोत्तरी–३ महन्थ ठाकुर (१६३७५)
सर्लाही–१ रामप्रकाश चौधरी(२४८३८)

स्वतन्त्र–३ सीट
सर्लाही–४ अमरेश सिंह(२००१७)
रौतहट–२ किरण कुमार साह(३२८४२)
रौतहट–३ प्रभु साह (३२४३७)

नेकपा एस–२ 
रौतहट–१ माधवकुमार नेपाल(३३५२२)
बारा–४ किसान श्रेष्ठ (३०३४१)

जनमत पार्टी–१ 
सप्तरी–२ डा. सीके राउत (३५०४२)

नेकपा माओवादी केन्द्र–१ 
सर्लाही–२ महिन्द्र राय यादव (२३५२९)

महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतो कोइरी वीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म को कहाँ जिते?

सप्तरी–१ मा जसपाका नवलकिशोर साह (२३५६४) निर्वाचित
सप्तरी–२ मा जनमतका डाक्टर सीके राउत (३५०४२) निर्वाचित
सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादव(२६१६६) निर्वाचित
सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरी (२३४९१) निर्वाचित

सिरहा–१ मा एमालेका रामशंकर यादव (२९४६२) निर्वाचित
सिरहा–२ मा जसपाका राजकिशोर यादव (२४१७८) निर्वाचित
सिरहा–३ मा एमालेका लिलानाथ श्रेष्ठ (२८०६४) निर्वाचित
सिरहा–४ मा जसपाका वीरेन्द्र प्रसाद महतो (२४१०२) निर्वाचित

धनुषा–१ मा जसपाका दीपक कार्की (२७४३१) निर्वाचित
धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव (२०११२) निर्वाचित
धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो (३३३८८) निर्वाचित
धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठ वीच कडा प्रतिस्पर्धा देखिएको छ ।

महोत्तरी–१ मा माओवादीका गिरिराज मणी पोखरेलको अग्रता
महोत्तरी–२ मा लोसपाका शरत सिंह भण्डारी (२५१९०)निर्वाचित
महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर (१६३७५) निर्वाचित
महोत्तरी–४ मा कांग्रेसका महेन्द्र राय यादव (२५४२०) निर्वाचित

सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी(२४८३८) निर्वाचित
सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय (२३५२९) निर्वाचित
सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती (३२९३८) निर्वाचित
सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह(२००१७) निर्वाचित

रौतहट–१ मा नेकपा एसका माधवकुमार नेपाल(३३५२२) निर्वाचित
रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरण साह (३२८४२) निर्वाचित
रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह (३२४३७) निर्वाचित
रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमलसेना(३४१६१)निर्वाचित

बारा–१ मा एमालेका अच्युत प्रसाद मैनाली (३९१९५) निर्वाचित
बारा–२ मा जसपाका राम सहाय प्रसाद यादव (१३८२२) निर्वाचित
बारा–३ मा एमालेकी ज्वालाकुमारी साह (२०२५१) निर्वाचित
बारा–४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ (३०३४१) निर्वाचित

पर्सा–१ मा जसपाका प्रदीप यादव(२२५३७) निर्वाचित
पर्सा–२ मा कांग्रेसका अजय चौरसिया(२८४५१) निर्वाचित
पर्सा–३ मा एमालेका राजकुमार गुप्ता(२४२६०) निर्वाचित
पर्सा–४ मा कांग्रेसका रमेश रिजाल(३१२२४) निर्वाचित