जनकपुर, मंसिर २७

एक साता देखि पठनपाठन ठप्प रहेको भन्दै विद्यार्थीहरुले मेयर र उपमेयरको घर घेराउ गर्दै तत्काल विद्यालयमा पठनपाठनको वातावरण बनाउनका लागि दवावमुलक आन्दोलन गरेका छन् ।

आन्दोलनरत्त विद्यार्थीहरुले नगराईन नगरपालिकाका मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवको घर घेराउ गरेका हुन् ।

धनुषाको नगराईन नगरपालिकाको कार्यालयको कामकाज ठप्प पार्दै शिक्षक तथा कर्मचारीहरु धर्नामा बसेपछि विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिदैँ पठनपाठन सञ्चालनका लागि मेयर विनयकुमार यादवलाई घेराउ गरेका थिए । सो क्रममा मेयर यादवले आफु विद्यार्थीको अध्ययनका लागि गम्भिर रहेको भन्दै छिट्टै नै पहलकदमी लिने प्रतिवद्धता जनाए ।No description available.

उपमेयर राधादेवी यादवको घर घेराउ गर्दै विद्यार्थीहरुले उनको राजिनामा समेत माग गरे । विद्यार्थीहरुको अध्ययन अध्यापनप्रति उपमेयर गम्भिर नभएको विद्यार्थीहरुले आरोप लगाउँदै कक्षा १२ मा अध्ययनरत्त विष्णु ठाकुरले बताए ।

आन्दोलनरत्त विद्यार्थीहरुले उपमेयर राधा देवीको राजिनामा समेत माग गरेका छन् ।

उनीहरुले जनकपुर–जटही सडकखण्डमा एक घण्टा चक्काजामलाई भने आजपनि निरन्तरता दिए ।

No description available.

नगराईन नगरपालिकाको कार्यपालिकाले विगत पाँच महिनादेखि शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको समेत तलबभत्ता नदिएको भन्दै उनीहरुले विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा विकास निर्माणलगायतका सम्पूर्ण कामकाज बन्द गरेर धर्नामा बसेका छन् ।लामो समयदेखि पठनपाठनसमेत ठप्प हुदाँ अध्ययनमा असर परिरहेको एसईई तथा कक्षा ११ र १२ को पनि परीक्षा नजिकिदैँ जादाँ पनि विद्यालय बन्द गरेर गलत राजनीतिक गरिरहेकाले विद्यालय सञ्चालनको लागि चरणवद्ध आन्दोलन गर्नुपरेको विद्यार्थी नेता आदर्श मण्डलले बताए ।

No description available.