जनकपुर, मंसिर २७
धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधिहरु वीचको विवादले उनीहरुमा समस्या समाधानको साटो बल्झिएको देखिन्छ ।
नगराइन नगरपालिकाको नगरसभा निर्धारित समयमा हुन नसकेपनि मेयर विनयकुमार यादव र उपमेयर राधा देवी यादव वीचको विवादले झनै बल्झिदैँ गएको छ ।
जसको कारणले विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै कर्मचारीहरु एक साता देखि आन्दोलित छन् भने विद्यार्थीहरु समेत पठनपाठनको माँग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधि बीचको विवादका कारण नगराईन नगरपालिकामा नगरसभा हुन नसकेको छैन । कार्यपालिकामा एमालेको बहुमत छ भने कांग्रेसका मेयर विनयकुमार यादव अल्पमतमा रहदाँपनि मनोमानी तरिकाले नगरपालिका चलाउन खोजेपछि एमालेबाट निर्वाचित भएकी उपमेयर राधादेवी पक्षधरले नगराईन नगरपालिकाले प्रकाशित गरेको स्थानीय राजपत्र संशोधन गर्न माँग गर्दै मेयरलाई दवाव दिएका छन् ।
मंगलबार नेकपा एमाले नगराईन नगर समितिले २०७४ सालमा स्थानिय राजपत्रमा उल्लेख भएको स्थानिय तह सञ्चालन ऐन अनुसार नगरपालिका सञ्चालन हुनुपर्ने जोडदाररुपमा माँग गरेका छन् ।
पत्रकार सम्मेलनको आयोजना गरि एमालेबाट निर्वाचित उपमेयर राधादेवीसहितका जनप्रतिनिधीहरुले यसअघिको मेयरले बहुमतको आडमा संसोधन गरेको २०७४ सालको कार्यविधी खारेज गरेर पहिलाकै ऐन अनुसार नगरपालिका चल्नु पर्ने बताएका छन् ।
उपप्रमुख राधादेवी यादवले मेयरले विद्यार्थीहरुलाई उक्साएको आरोप समेत लगाइन् ।
सडकमा उतारेर राजनिति सुरु गरेको आरोप लगाउदै अव आफुहरु पनि आन्दोलनमा उत्रने चेतावनी समेत उनले दिइन् ।
कांग्रेसको राजाई गर्ने मनसायका कारण नगरपालिकाको कामकाज ठप्प भएको एमाले पक्षधारको भनाई छ ।
