जनकपुर, पुस ३०
नेकपा एकीकृत समाजवादीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपानेलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।
एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
मधेश प्रदेशमा नेकपा एसको सात जना संसद छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले यस अघि नै संसदीय दलको नेता चयन गरिसकेको छ ।
