काठमाण्डौ, माघ १

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार नेता त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा प्रेस सेन्टर नेपालको बैठकको तयारीमा थिए । बैठककै तयारमा जुट्नका लागि उनी प्रेस सेन्टरको सचिवालय बैठकबाट मिति तय गर्न काठमाडौं पुगेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता रहेका कारण समय नमिलेपछि दुई दिनपछि पुनः काठमाडौं फर्किने गरी प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका ईन्चार्ज समेत रहेका पौडेल यती एयरलायन्सको जहाजबाट पोखरा फर्किएका थिए ।

जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ । सोमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जनाएकी छन् ।

May be an image of text

पत्रकार नेता पौडेलको निधनबाट स्तब्ध भएको छ भने नेपाल पत्रकार महासंघको हरेक कार्यालयमा शोक मनाउने र १३ दिनसम्म शोक पुस्तिकामा हस्ताक्षर तथा पत्रकार महासंघको झण्डा झुकाउने पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गरेको छ ।