जनकपुर, माघ १

पोखरामा भएको विमान दुर्घटनाको कारण सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

सरकारले विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेस प्रदेशमा प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए ।

मुलुक शोकको घडिमा रहेकाले प्रदेशसभाको बैठक स्थगित गर्नु परेको उनले बताए ।

सोमबार बस्ने तय गरिएको बैठकबाट सभामुख पदका लागि निर्वाचन गर्नुका साथै मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने निर्धारित तालिका रहेको थियो ।

अब मंगलबार बस्ने प्रदेशसभा बैठकबाट सोमबारका लागि तय गरिएको कार्यतालिका मंगलबार सोही अनुसार कामकारवाही हुने न्यौपानेले बताए ।

मंगलबार दिउँसो १ बजे बस्ने बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् भने सभामुखको निर्वाचन पनि हुनेछ ।