जनकपुर, माघ २

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि संघीय सरकारमा सहभागी हुने भएको छ ।

लोसपा नेपालले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमती पनि भईसकेको जनाइएको छ ।

प्रतिनिधिसभामा लोसपा नेपालको चार जना सदस्य छन् ।