काठमाण्डौ, माघ २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई मन्त्री छान्ने जिम्मा दिइएको छ ।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका अध्यक्ष लामिछानेलाई रास्वपाबाट मन्त्री छनोट गर्ने जिम्मा दिइएको हो । रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न अध्यक्ष लामिछानेलाई जिम्मा दिने निर्णय भएको केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए ।

सांसद परियारले दिएको जानकारी अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारणले मन्त्री छान्ने अधिकार पनि उनैलाई नै दिइएको बताए ।