काठमाण्डौ, माघ ११
संघीय संसद भवन अगाडी आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ ।
मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडी आत्मदाह प्रयास गरेका आचार्यको आज बिहान उपचारको क्रममा ज्यान गएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीले आज बिहान ५ बजे आचार्यको निधन भएको बताए ।
इलामका आचार्यले मंगलबार विहान आफैमाथि आगो लगाएका थिए ।
