काठमाण्डौ, माघ १२
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनावको तयारीमा जुटेको छ ।
अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकबाट बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन पनि गरेको हो ।
आउँदो ५ चैतमा हुनका लागेको स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट नै पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन गर्न सकिरहेको थिएन ।
अखिल क्रान्तिकारीको पदाधिकारी बैठकबारे निर्णय बारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् ।
त्यस्तै मधेश प्रदेश इन्चार्जमा अनिल भगत, विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की, बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्टलाई जिम्मेवारी दिएका छन् ।
विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटालाई जिम्मा दिएको छ ।
